काठमाडौं । विश्व नम्बर पाँच टेनिस खेलाडी आन मार्टिन डेलपोत्रोले यहि जनवरीमा हुने अस्ट्रेलियन ओपन टेनिसमा खेल्न नसक्ने भएका छन् ।


ADVERTISEMENT


घुँडाको माथिल्लो भागको हड्डी (नीक्याप) फ्याक्चर भएका कारण मैदान बाहिर रहेका डेलपोत्रो अस्ट्रेलियन ओपन टेनिसका लागि तयार नहुने भएका हुन् ।


ADVERTISEMENT

# # #


३० वर्षका अर्जेन्टिनी खेलाडी डेलपोत्रो गएको अक्टोबरमा शाङ्घाई मास्टर्सको क्रममा मैदानमा लड्दा चोटग्रस्त भएका हुन् ।

सन् २००९ मा युएस ओपन टेनिसको उपाधि जितेका डेलपोत्रोले चोटमा सुधार हुँदै गएको र मैदान फर्किनेबारे पछि जानकारी गराउने उनले ट्वीटर मार्फत जानकारी दिएका छन् । आफू अस्ट्रेलियन ओपनमा भने नहुने उनले स्पष्ट पारेका छन् ।

 

https://twitter.com/delpotrojuan/status/1079804452591337473