काठमाडौं । राजपाको बैठक अध्यक्षमण्डलका सदस्य अनिल झाले बहिस्कार गरेका छन् । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बुधबार बसेको बैठक पार्टी कार्यालयमै रहेका झाले बहिस्कार गरेका हुन् ।


ADVERTISEMENT


बैठक सुरु हुनु्अगावै पार्टी कार्यालय पुगेका झा बैठक सकिएको करिव आधा घण्टासम्म कार्यालयमै बसेपनि बैठककमा उपस्थित भएनन् ।


ADVERTISEMENT

# # #


झाले बैठक बहिस्कारको कारण भने नखुलाएको बताइएको छ। यद्यपी ४ मंसिरमा बहुमतबाट राजेन्द्र महतोलाई अध्यक्षमण्डलको संयोजक बनाइँदा झाले फरक मत राखेका थिए ।