गुल्मी। बढ्दो बेरोजगारीसँगै दैनिकी चलाउन स्वदेशमै रोजगारीको पर्याप्त अवसर नहुँदा धेरै युवा शक्ति दिनानुदिन विदेशिने क्रम बढिरहेको छ ।


ADVERTISEMENT


पढेर पनि भनेअनुसार रोजगारी नहुँदा कतिपय युवा स्वदेशमै केही गर्नुपर्छ भन्दै विभिन्न काम गर्ने युवाको जमात पनि छ ।


ADVERTISEMENT

# # #


समाजशास्त्रमा मास्टर डिग्री गरेका रेसुंगा नगरपालिका–२ तम्घास धागीथुका युवा सन्तोष पन्थीले स्वदेशमै केही गरौँ भन्ने सन्देश दिन अटो रिक्सा चलाउन सुरु गरेका छन् ।

कामलाई सानो ठूलो होइन सफलतापूर्वक गर्नुपर्छ जेमा पनि कमाइ गर्न सकिन्छ भन्दै उनले अटोरिक्सा चलाउन सुरु गरको बताए ।