काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडले सामाजिक संञ्जाल फेसबुकमा ‘साथी’ नामक बैंकको आफ्नो ‘च्याटवोट’ संञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैँकको ‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने नारा अनुरुप प्रविधिमा आएको विकासलाई उपभोग गर्ने अभिप्रायले उक्त ‘च्याटबोट’ सञ्चालनमा ल्याइएको बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


‘साथी’ नामक उक्त ‘च्याटबोट’मार्फत बैंकका ग्राहकले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्नेछन् । यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने विश्वास बैँकले लिएको जनाएको छ

बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।