काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको छ ।


ADVERTISEMENT


साहित्य सम्मेलनमा सहभागी भई काठमाडौं फर्किँदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरुलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच भेट भएको हो ।


ADVERTISEMENT

# # #


श्रेष्ठलाई देखेपछि पूर्वराजा शाहले नमस्कार गर्दै हालखबर सोधेका थिए ।

पूर्वराजा शाहले श्रेष्ठसँग काठमाडौंदेखि पोखरासम्मको सडक खराब भएका कारण हवाई माध्यमबाट यात्रा गर्नु परेको गुनासो गरेका थिए ।