राजविराज । सरकारी ठेक्का लिएर विद्युत् चोरी गरेको आरोपमा विद्युत् ऐनअनुसार रसुवा रोशन कन्सट्रक्सनले रु ४२ हजार १५२ जरिवाना तिरेको छ ।


ADVERTISEMENT


राजविराज नगरपालिकाको गिलेसन बनाउने ठेक्का लिएका रसुवा रोशन कन्सट्रक्सन जनकपुरले विद्युत् चोरी गरी निर्माणको काम गरिरहेको अवस्थामा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको टोलीले पक्राउ गरेको थियो ।


ADVERTISEMENT

# # #


हटियामा निर्माणाधीन गिलेसनमा एक वर्षदेखि ती निर्माण कम्पनीले डायरेक्ट पोलमा हुकिङ गरी विद्युत् प्रयोग गरिरहेको पाइएपछि उक्त जरिवाना तिराइएको वितरण केन्द्रका प्रमख चन्द्रनारायण साहले बताए ।

उनका अनसार विद्युत् चोरी गरी निर्माण काम गरिरहेको जानकारीका आधारमा प्राधिकरणको टोलीले रड काट्ने दुई थान कटर, तीन थान पानी तान्ने पम्प र दुई थान चिम विद्युत्को पोलमा हुकिङ गरिरहेकै अवस्थामा बरामद गरिएको थियो ।

विद्युत् चोरी गरी निर्माण कम्पनीले काम गरिरहेको पाइएपछि विद्युत् ऐनअनुसार रसुवा रोशन कन्सट्रक्सनसँग रु ४२ हजार १५२ बुझाउन विद्युत् प्राधिकरणले पत्र काटेको प्रमख साहले जानकारी दिए ।

सोही पत्रअनुसार रसुवा रोशन कन्सट्रक्सनले उक्त जरिवाना तिरेको उनले बताए ।