काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा बरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्नै प्रश्नको झटारो हानेका छन् ।


ADVERTISEMENT


उनले पार्टी र सरकारको नेतृत्व अलग अलग हुनुपर्नेमा जोड दिएका छन् । बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिबेदनले पार्टीको उचाईलाई प्रतिनिधित्व गर्न नसकेको उनको ठहर छ ।


ADVERTISEMENT

# # #


खनालका प्रश्नहरु यस्ता छन् –

१. पार्टी एकिकरण सम्बन्धि दस्ताबेज प्रकाशित नै गरिएन किन ?

२.  पार्टीको कार्यदिशा, नीति र सिद्धान्तको दस्तावेज खोई ?

३.  राजनीतिक प्रतिबेदनले अधिकतम कार्यभार बैज्ञानिक समाजबाद भन्छ, साम्यबाद खोई ?

४.  कम्यूनिष्ट पार्टी राजनीतिक पार्टी मात्रै हो की बैज्ञानिक, दार्शनिक पार्टी पनि हो ?

५.  पार्टी एकिकरण भयो, तर तल्लो तह बिगठन गरेर अहिले सम्म किन एकिकरण हुन सकेन ?

६.  ३ तहकै सरकार कम्युनिष्ट पार्टीको नेतृत्वको लगाम भन्दा बाहिर कता जादैछ ?

७.  कहाँ छ पार्टीमा सिस्टम रु सबैधानिक, राजदुत, राजनीतिक र सर्बोच्चका नियुतिmहरुमा खोई सल्लाह ?

८. कम्यूनिष्ट पार्टीको नेतृत्व बिना समाजबाद संभब छ र ?

९.  कानुनहरु बन्दैछन्, पार्टी नेतृत्वमा छलफल खोई रु संयन्त्र बनाएर नेतृत्व गर्नु पदैन ?

१०.  सरकारका निति तथा कार्यक्रमहरु आए, बजेट आयो, पार्टीमा कहा छलफल भयो ?

११.  सरकारले समाजबादी कार्यक्रमहरुलाई, तत्कालिन, अल्पकालिन र दीर्घकालिन योजना बनाउनु पर्नेमा किन नबनाएको ?

खनालका सुझाबहरु –

१.  मापदण्डको आधारमा पार्टीको लल्लो तल सम्मको एकता सम्पन्न गर्नुपर्छ ।

२.  मापदण्ड कै आधारमा बर्गीय संगठनहरुको एकता सम्पन्न गर्नुपर्छ ।

३.  प्रदेश कमिटिहरु मापदण्ड अनुसार छ की छैन हेरेर अनुमोदन गर्नुपर्छ ।

४.  केन्द्रिय सदस्यहरुको कार्यबिभाजन न्यायोचित ढंगले गर्नुपर्छ ।

५.  केन्द्रिय निकायहरु अबिलम्ब गठन गर्नुपर्छ ।

६.  बिधानलाई स्थाई कमिटिको भाबना अनुरुप अंन्तिम रुप दिनुपर्छ ।

७.  बामदेब गौतमले प्रस्तुत गर्नु भएका बिचारहरुलाई र अन्य कमरेडहरुका बिचारहरुलाई समेतलाई समेटि प्रतिबेदन पूर्नलेखन गर्नुपर्छ ।

८.  पार्टी एकिकरण सकी तुरुन्त पार्टी ब्यापी रुपमा बैचारिक, राजनीतिक प्रशिक्षणको अभियान संचालन गनुपर्छ ।

९.  पार्टीलाई गतिशिल, राष्ट्रब्यापी, प्रभाबकारी र कामकाजी नेतृत्बकारी संगठनमा रुपान्तरण गर्नुपर्छ ।