काठमाडौं । लन्चका लागि रेष्टुरा पुगेका एक व्यक्ति आफ्नो भाग्यप्रतिनै अचम्मित भएका छन् । आफ्नो खानामा बहुमूल्य मोती फेला परेपछि उनी अचम्मित भएका हुन् । यो घटना अमेरिकाको न्यूयोर्क सहरको हो ।


ADVERTISEMENT


न्यूजर्सीका नागरिक ६६ वर्षिय रिक एन्टोस न्यूयोर्कको एक रेष्टुरामा लन्चका लागि गएका थिए । रेष्टुरामा उनले खानामा सी पूmड मगाए । टेबुलमा अर्डर अनुसारको खाना आएपछि उनले आफ्नो खाना खान थाले । सोही समयमा अचानक दातमा केही अचम्मको कठोर बस्तु आयो । उनलाई लाग्यो कि यो कडा बस्तु सायद खानामा राखिएको सामुद्रिक जन्तुको दात होला । उनले यो कडा बस्तुलाई तत्काल मुखबाट बाहिर निकाले । तर जब उनले त्यो कडा बस्तुलाई हेर उनलाई आफ्नो भाग्यमाथिनै विश्वास भएन । त्यो कडा बस्तु खानेकुराको दात नभएर बहुमूल्य मोती थियो ।


ADVERTISEMENT

# # #


रिकले तत्काल उक्त मोती आफ्नो खल्तीमा राखे र घर गए । घर पुगेर उनले होटलका मेनेजरलाई फोन गरेर घटनाक्रम बताए । यो विषयमा रेष्टुराका मेनेजर सेन्डीले २८ वर्षको अवधिमा यस किसिमको घटना दोस्रो पटक भएको बताए । सी फूडमा यस किसिमको मोती मिल्नु यदाकदा मात्रै हुने गरेको उनले बताए ।
जानकारीका अनुसार उक्त मोतीको मूल्य १४.७५ डलर पर्छ । विज्ञका अनुसार बजारमा यसको मूल्य २ हजार डलर अर्थात २ लाख २० हजार रुपैयाँदेखि ४ हजार डलरसम्म पर्न सक्छ । एजेन्सी