काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाले नेपाल–भारत क्रस बाेर्डर सिम्पाेसियम आर्थिक विकासका लागि काेशेढुंगा सावित हुनसक्ने बताइएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय राजदुतावास द्वारा विराटनगरमा आयाेजित कार्यक्रममा बाेल्दै राणाले याे क्षेत्रमा कृषि-पर्यटन जलविद्युत् क्षेत्रको प्रचुर सम्भावना भएकाे धारणा राखिन्।


ADVERTISEMENT


उक्त अवसरमा नेपालका लागि भारतीय राजदूत मन्दिप सिंह पुरीले प्रदेश नं १ ले भारतका तीनवटा राज्य सिक्किम, बिहार र वेस्ट बंगालमा भएकाे आर्थिक उन्नतिबाट लाभ लिनसक्ने बताए।


ADVERTISEMENT

# # #


उक्त अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यो क्षेत्र आर्थिकरुपले धेरै प्रगति गर्ने प्रदेश भएको हुनाले नेपाल उद्योग वाणिज्य संघ सँग मिलेर काम गर्नुपर्ने धेरै काम रहेकाे बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घले प्रदेश १ सरकारसँग हातेमालो गरेर काम गर्ने उनकाे विश्वस छ।

नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष किशोर प्रधानले व्यवसायले विभिन्न समस्या पनि व्यहोरिरहेको र दुई देशको बीचमा राम्रो सम्बन्ध विकास गरी समस्या समाधान गर्न अगाडि बढ्नुपर्ने बताए।