काठमाडौं । बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सकिएको छ।


ADVERTISEMENT


सोमबार साँझ आयोजनाको सर्जसाफ्ट सुरुङ ब्रेक थ्रु भएसँगै सुरुङ खन्ने काम सम्पन्न भएको छ।


ADVERTISEMENT

# # #


आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले अब आयोजनाका सबै सुरुङ पूरा भएको जानकारी दिए। सर्जसाफ्ट सुरुङ ११ मिटर छड्के ठाडो छ।

आयोजनाको मुख्य सुरुङसहित १८.४ किलोमिटर सुरुङ छ। आयोजनाको ९७.५ प्रतिशत काम सकिएको छ। आयोजनाले आगामी असारदेखि व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्ने तयारी छ।

आयोजनाले विद्युत् क्षमता बढाउनका लागि स्थानीय भैँसे खोलाको पानीसमेत मिसाउने तयारी छ।