काठमाडौं । अमेरिकी कलाकार तथा निर्देशक पेनी मार्शलको निधन भएको छ । अमेरिकी टेलिभिजन शो लबर्न एण्ड शर्लीकी स्टार अभिनेत्री पेनीको ७५ वर्षको उमेरमा निधन भएको हो ।


ADVERTISEMENT


उनले बिग र अ लिग अफ देअर वनसहितका हिट चलचित्रको निर्देशन समेत गरेकी हुन् । बिग अत्याधिक सफल भएको थियो, यसबाट उनी अमेरिकी बक्स अफिसमा १०० मिलियन डलर भन्दा बढीको कारेबार गर्ने चलचित्रको पहिलो महिला निर्देशक पनि बनिन् ।


ADVERTISEMENT

# # #


सन् २००४ मा उनले साथी कलाबार सिन्डी विलियम्ससँगै अ स्टार अन द हलिउड वाक अफ फेम सम्मान पाएकी थिइन् । उनलाई चलचित्र निर्माण उद्योगको संस्थापक मध्येमा हेर्ने गरिएको छ ।

उनले रोर्बट डी निरो तथा रोबिन विलियम्स रहेको चलचित्र अवेकिङ्गसको पनि निर्देशन गरेकी हुन् । यो चलचित्र सर्वोत्कृष्ट चलचित्रसहित तीन बिधामा ओस्कारमा मनोनयनमा परेको थियो ।