काठमाडौँ– तुलसीमान श्रेष्ठ स्मृति समाजले ‘तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कार’ डा चूडामणि बन्धुलाई प्रदान गरेको छ ।


ADVERTISEMENT


श्रेष्ठको दोस्रो स्मृतिसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा नेपाली भाषा, साहित्यको विकासमा योगदान पु¥याएवापत बन्धुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । पूर्वराष्ट्रपति डा रामवरण यादवले पुरस्कार प्रदान गर्दै विविधताले भरिएको समाजमा एकता र आपसी सद्भाव कायम गर्न साहित्यको महत्व रहेको बताए। उनले नेपाली लोक साहित्य बारेमा गहिरो अनुसन्धान गरेका श्रेष्ठको स्मृतिमा स्थापित समाजले मैथिली, भोजपुरी, जनजातिलगायतका लोक संस्कृति र साहित्यको खोजी गर्नुपर्ने विचार व्यक्त गरे ।


ADVERTISEMENT

# # #


नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले श्रेष्ठले ग्रामीण समाजको लोकबाजा, परम्परा र संस्कृतिलाई देश विदेशमा प्रवद्र्धन गरेको जानकारी गराए । समाजका अध्यक्ष सिताराम अधिकारीले नेपाली भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा योगदान गरेका तथा अनुसन्धानका क्षेत्रमा क्रियाशील स्रष्टालाई संस्थाले सम्मान गर्ने बताए ।

उक्त कार्यक्रममा श्रेष्ठले तयार गररेको ‘अधकल्चो जीवन’ कृति विमोचन गरिएको थियो । विसं २००९ मा गोरखामा जन्मनुभएका श्रेष्ठ शिक्षक र समाजसेवी थिए ।