बैतडी । बैतडीमा नातीले आफ्नै हजुरबुवा र हजुरआमाको हत्या गरेका छन् ।


ADVERTISEMENT


सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका हजुरबुवा गगन कुँवर र ७६ वर्षकी हजुरआमा नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


लोकेन्द्रले शनिबार बिहान घरमै दाउराको चिर्पटले हानेर उनीहरुको हत्या गरेको गिरीले बताए ।

लोकेन्द्रको सन्तुलन ठीक नभएको भन्ने बुझिएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।