काठमाडौं । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको गिर्जाघरका तीन वटा घण्ट फिर्ता गरिएको छ ।


ADVERTISEMENT


सन् १९०१ मा फिलिपिन्सको बालाङहिगामा फिलिपिन्सको सेनाले धरापमा पारेर ४८ जना अमेरिकी सेनालाई मारिदिएपछि क्रुद्ध अमेरिकी सेनाले भीषण आक्रमण गरी ठूलो क्षति पुर्‍याइदिएको थियो ।


ADVERTISEMENT

# # #


त्यसबेला नै अमेरिकी फौजले जितको ट्रफिका रुपमा गिर्जाघरमा भएका तीन वटा घण्ट आफूहरुसँगै लगेका थिए ।

त्यसबेला अमेरिकी फौजको कारबाहीमा फिलिपिन्सका हजारौं सेना मारिएको बताइएको छ ।

दशकौंको दबाबपछि गत अगस्टमा फिलिपिन्सस्थित अमेरिकी दूतावासले ती घण्टा फिर्ता गर्ने घोषणा गरेको थियो ।

फिलिपिन्समा पूर्व औपनिवेशिक शासकविरुद्धको स्वतन्त्रताको प्रतीकका रुपमा ती घण्टलाई लिने गरिन्छ ।

१ सय १७ वर्षअघि घण्ट चोरिएको बालाङहिगामा आयोजित एउटा कार्यक्रममा राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफ्ना नागरिक र अमेरिकाको प्रशंसा गरे ।

घण्ट फिर्ता भएपछि आयोजित हजारौं सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति डुटेर्टेले अमेरिकीहरूको यो उदारताका लागि कोही एकजनाले मात्र श्रेय लिन नपाउने बताए ।

उनले यसको श्रेय अमेरिका र फिलिपिन्स दुवै देशका नागरिकलाई भएको बताए ।