काठमाडौं । छिमेक लघुवित्त बित्तिय संस्था लिमिटेडले उद्यमी व्यवशायी रमा नेपालीलाई सम्मान गरेको छ । बिपन्नताको अवस्थाबाट छिमेक लघुबित्तको सहयोग पाएर सम्पन्न व्यवशायी बन्न सफल रमालाई आज एक कार्यक्रमका बीच संस्थाले सम्मान गरेको हो । छिमेकका कार्यकारी अधिकृत रामचन्द्र जोशीले रमा र उनको परिबारलाई नगद सहित उत्कृष्ट सफल व्यवशायीको प्रमाणपत्र र सम्मान प्रदान गरेका छन् ।


ADVERTISEMENT


सम्मान कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत जोशीले गरिबी निवारण गर्दै देशलाई नै समृद्धिको दिशामा अगाडी बढाउन लघुबित्त संस्थाहरुको भूमिका उल्लेखनीय हुन्छ भन्ने उदाहरण रमा र उनको परिबार बनेको बताएका छन् । बिपन्नताको कालो बादल रुपी अवस्थाबाट संघर्ष, मेहनतको सूत्रले सम्पन्नताको भर्याङ एउटै जुनीमा सम्भव छ भन्ने तथ्यलाई छिमेकले आफ्ना सदस्यहरुको सफलताबाट पुष्टि गरेको जोशीको भनाई छ ।


ADVERTISEMENT

# # #


सम्मान ग्रहण गरे लगत्तै रमाले गरिबीको चरम भोगाईबाट एउटै जुनीमा आफ्नो आर्थिक, सामाजिक हैसियत कायापलट गर्न सहयोग गरिदिएको भन्दै छिमेक लघुबित्तलाई धन्यबाद ज्ञापन गरेकी छन् ।

बिपन्नताको अवस्था देखि सम्पन्नताको गन्तव्य सम्मका रमा नेपालीका संघर्षधारी तस्विरहरु –

 

       

 

 

 

 

 

 

 

 

 

यो बिज्ञापन प्रयोजनका लागि हो ।