काठमाडौं । काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा इंग्लिस प्रिमियर लिग क्लब चेल्सी बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा चेल्सी मोल भिडीसँग २–२ को बराबरीमा रोकिएको हो ।


ADVERTISEMENT


समूह एल को विजेता बन्ने पक्का भएर यसअघि नै अन्तिम ३२ मा स्थान बनाएको चेल्सी सुरुमा अग्रता लिएर पनि बराबरीमा रोकिएको हो । ३० औँ मिनेटमा विलियनको गोलबाट चेल्सीले अग्रता लियो ।


ADVERTISEMENT

# # #


त्यसको दुई मिनेटपछि एमपादुले आत्मघाती गोल गरेपछि मोल भिडीले खेलमा बराबरी गरेको हो । ५६ औँ मिनेटमा निगोले गोल गर्दै मोल भिडीलाई अग्रता दिलाए । तर ७५ औँ मिनेटमा ओलिभर जिरउडले गोल गर्दै खेलमा बराबरी गरे र चेल्सीलाई हारबाट जोगाए ।

बिहीबार राति नै भएको समूह ई अन्तर्गतको खेलमा आर्सनलले एफके क्वाराब्यागलाई १–० ले हराएको छ । आर्सनलको तिजमा १६ औँ मिनेटमा अलेक्सान्ड्र लाकाजेटीले गरेको गोल नै निर्णायक बन्यो ।

अर्को खेलमा समूह एफ को ओलम्पिकासले एसी मिलानलाई हराउँदै अन्तिम ३२ मा स्थान बनाएको छ भने एसी मिलान प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।