काठमाडौँ– भोलि (शनिबार) देखि काठमाडौँमा शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पोखरा राइनोजको कप्तानी केल कोयट्जरले गर्ने भएका छन् । स्कटल्याण्डको राट्रिय टिमका कप्तान समेत रहेका कोएट्जरलाई कप्तानको जिम्मेवारी दिइएको पोखराले जनाएको छ ।


ADVERTISEMENT


यस्तै पोखराले उपकप्तानमा शक्ति गौचनलाई बनाउने निर्णय गरेको हो ।  कप्तान कोएट्जरले पोखराको जितका लागि सकेजतिको मेहनेत गर्ने बताए । उनले भने, ‘सर्वप्रथम त पोखरा राइनोजले आफ्नो टिममा मलाई पनि समावेश गर्दै विश्वास गरेर टिमको कप्तान बनाएकोमा धन्यवाद दिन चाहन्छु । सुन्दर नगरी पोखराको प्रतिनिधित्व गर्नु गौरवको कुरा हो ।तपाईहरुलाई गर्व महशुस गर्न हामी सकेजति मेहनेत गर्नेछौँ ।’


ADVERTISEMENT

# # #


यस्तै उपकप्तान शक्ति गौचनले पोखराको टिम बलियो भएको बताए । उनले भने, ‘ इपीएलमा सुन्दर शहर मध्येको एक पोखराबाट इपीएलमा सहभागी हुन पाउनु मेरा लागि सौभाग्यको कुरा हो । तपाईहरुको समर्थनका लागि धन्यवाद दिन चाहन्छौँ । यो वर्ष हाम्रो टिम राम्रो छ । पछिल्लो वर्षको खेललाई सुधार गर्दै इपीएल खेल्न उत्साहित छौँ ।’

केल कोयट्जर कप्तान रहेको पोखरामा शक्ति गौचन (उपकप्तान) बिनोद भण्डारी, देव साह, सुनिल धमला, सौरव खनाल, सुसान भारि, सुबेन्दु पाण्डे, नन्दन यादव, किशोर महतो, बिपिन खत्री, राजेश पुलामी र बिक्रम सोब जस्ता खेलाडी रहेका छन् । यस्तै विदेशी खेलाडीमा पाउल कोलिन, रिचार्ड लेभी, र सन्नी भीमसारिया रहेका छन् ।

पोखराले आइतबार शरद भेषवाकरको नेतृत्वमा रहेको भैरहवा ग्लाडिएटरसंग खेलेर प्रतियोगिताको शुरुवात गर्दैछ ।