काठमाडौं । लगातार खराब प्रदर्शन गर्दै आएको मोनाकोले फ्रेन्च लिग वान फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा महत्वपूर्ण जित निकाल्दै रेलिगेशन जोनबाट बाहिर आएको छ ।


ADVERTISEMENT


अवे मैदानमा भएको खेलमा थिएरी हेनरीको प्रशिक्षणमा रहेको मोनाकोले एमिएन्सलाई २–० ले हराएको हो । मोनाकोका लागि दुवै गोल पेनाल्टी मार्फत राडामेल फाल्काओले गरेका हुन् ।


ADVERTISEMENT

# # #


४३ औँ मिनेटमा पाएको पेनाल्टीमा फाल्काओले गोल गर्दै टिमलाई अग्रता दिलाए । इन्जुरी समयमाको तेस्रो मिनेटमा एमिएन्सका बाकायी डिबासी फाल्काओलाई फउल गरेका कारण सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

इन्जुरी समयकै सातौँ मिनेटमा फाल्काओले पेनाल्टीमा गोल गरे र टिमलाई २–० को जित दिलाए । जितपछि १६ खेलबाट १३ अंक जोडेको मोनाको सत्रौँ स्थानमा उक्लिएको छ ।