काठमाडौं – हामडार्ड विश्वविद्यालय बंगलादेशका प्रतिनिधि मण्डलका सदस्यहरुले काठमाडौंमा नेपाल सरकारका मन्त्रीहरुसंग भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


विश्वविद्यालयका प्रा. डा. एके अजाद खानको नेतृत्वमा पाँच सदस्यीय टोलीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल, शिक्षा विज्ञान तथा प्रविधि सचिव खगराज बराल लगायतसंग भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT

# # #


भेटमा नेपाल र बङ्गलादेश बीच शिक्षा, स्वास्थ्य तथा विज्ञान लगायतका क्षेत्रमा शैक्षिक मानव श्रोतसाधनको विकासका लागि सहकार्य गर्ने एजेन्डामा छलफल भएको हामडार्डका प्रा. डा. अब्दुल मान्नानले राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

नेपालमा प्राकृतिक औषधीको सम्भावना र यसको विकासका बारे समेत छलफल भएको जनाईएको छ । हामडार्डले नेपाली विद्यार्थीहरुका लागि सस्तो र गुणस्तरीय शिक्षा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको समेत पत्रकार सम्मेलन मार्फत बताईएको छ ।