काठमाडौं – तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि इंग्ल्यान्डका क्रिकेटर जोहन सिम्पसन चितवन टाइगर्समा आवद्ध भएका छन् । बुधबार प्रेस विज्ञप्ती जारी गरि जोेहनलाई टिममा अनुबन्धित गरेको चितवनले जानकारी गराएको छ ।


ADVERTISEMENT


जोहनले ९४ ट्वान्टी—ट्वान्टी क्रिकेट खेल खेलिसकेका छन् । ३० वर्षीय जोहन इंग्ल्यान्डको अन्डर १९ राष्ट्रिय टिमका पूर्व खेलाडी हुन् । उनले लंकाशायर र मिडलसेक्सबाट खेल्दै १४० फस्ट क्लास र ८४ लिष्ट ए क्रिकेट खेलिसकेका छन् ।


ADVERTISEMENT

# # #


विकेट किपर ब्याट्सम्यानका रुपमा टिममा भित्र्याएको चितवनले यसअघि आयरल्याण्डका खेलाडी पाउल स्टिलिर्ङलाई अनुवन्ध गरेको थियो । गएको सिजनमा टिमले सोचे अनुरुपको प्रदर्शन देखाउन नसकेको उल्लेख गर्दै चितवन टाइगर्स टिमले यो सिजनका लागि जोहनजस्ता अनुभवी खेलाडीलाई टिममा अनुवन्ध गरेको बताएको छ ।

दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको चितवनमा पृथु बाँस्कोटा, दिलीप नाथ, ललित भण्डारी, सन्दीप सुनार, भीम सार्की, कमलसिंह ऐरी, साहब आलम लगायत रहेका छन् । गत वर्षको टोलीबाट चितवनले सुवास खकुरेल, सुनाम गौतम र योगेन्द्रसिंह कार्कीलाई रिलिज गर्दै उनीहरुको ठाउँमा आदिल खान, इशान पाण्डे र सागर ढकाललाई लिएको छ ।

मंसिर २२ गतेदेखि १५ दिन चल्ने प्रतियोगितामा पोखरासहित काठमाडौं किंग्स एलेभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर र चितवन टाइगर्स गरी कुल ६ टिमले सिंगल राउण्ड रोविनमा प्रतिस्पर्धा गर्दैछन् ।

लिगमा तेस्रो र चौथो हुने टिमबीच एलिमिनेटर हुनेछ। जित हात पर्ने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ। पाँचौ र छैटौं हुने टिम लिग चरणबाटै बाहिरिनेछन्।

गत वर्ष पारस खड्का नेतृत्वको विराटनगर किंसले शरद भेषवाकरको भैरहवा ग्लाडियटर्स्लाई एक रनले हराउँदै प्रतियोगिताको उपाधी जितेको थियो ।