काठमाडौँ – नेकपाका नेता बामदेव गौतमले अहिलेको पस्थितिले आफूजस्तो व्यक्ति संसदमा हुनुपर्छ भन्ने देखाएको दाबी गरेका छन् ।


ADVERTISEMENT


नेपाल टेलिभिजनको कार्यक्रम ‘वाइड एंगल’मा पत्रकार शालिक सुवेदीसंगको कुराकानीमा नेता गौतमले पार्टीले निर्णय गरेमा आफू अझैपछि संसदमा आउन चाहेको बताउँदै आफू संसदमा आएमा सरकारलाई लोकप्रिय बनाउन भूमिका खेल्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै उनले आफू प्रधानमन्त्री भएमा मात्रै यो देशमा समाजवादको आधार तयार हुने जिकिर गरे । उनले भने, ‘म एक पटक प्रधानमन्त्री हुन्छु भन्ने लाग्छ र म भएर नै यो देशमा समाजवादको आधार तयार हुन्छ । म यही आधार तयार गर्नकै लागि जन्मिएर कम्युनिस्ट आन्दोलनमा लागेको हुँ भन्ने पो लाग्न थालेको छ ।’

उनले सरकारले गरेका कामकारबाहीप्रति पूर्ण रुपमा असन्तुष्ट रहेको बताए । उनले भने, ‘चुनावी घोषणापत्रका आधारमा सरकारले नीति कार्यक्रम जारी गर्नुपथ्र्यो, घोषणापत्रकै आधारमा बजेट आउनुपथ्र्यो तर आएन । सरकारका कामप्रति म एक प्रतिशत पनि खुसी छैन ।’ यस्तै उनले सरकारले गरेका कुनैपनि निर्णय पार्टीभित्र छलफल नभएकोमा असन्तुष्टि जनाए ।

यस्तै उनले सामाजिक सुरक्षा कार्यक्रमको घोषणाका लागि सरकारले नयाँ युगको सुरुवात भनेर बढी प्रचारमात्रै गरिएको जनाए ।

भिडियो हेर्नुस् :