काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ महाधिवेशनमा होमिएको छ । पुस अन्तिम साता महाधिवेशन तय गरेको नेविसंघले ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको हो ।


ADVERTISEMENT


नेविसंघ अध्यक्ष नैनसिंह महरले कार्यतालिकाअनुसरा ७७ वटै जिल्लाहरुमा नेविसंघको विधान २०७५ को सातौ संशोधन धारा १३ को ज अनुसार केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


जिम्मेवारी पाएका प्रतिनिधिले ४ दिनभित्र सम्बन्धित जिल्लामा पुगेर कार्य प्रारम्भ गर्नुपर्नेछ । तोकिएको समयमा जिल्ला पुगेर काम नगरेमा उसको ठाउँमा नयाँ केन्द्रीय प्रतिनिधि पठाइने पनि महले जानकारी दिएका छन् ।

कसले कहाँको जिम्मेवारी पाए सू्ची हेर्नुहोस्ः