विराटनगर । अरुण तेश्रो जल विद्युत आयोजनाको निर्माण कार्यलाई थप प्रभावकारी वनाउन विराटनगरमा छलफल गरिएको छ।


ADVERTISEMENT


विहीबार विराटनगरमा आयोजनाले प्रदेश नम्बर एकका परियोजनासँग सम्बन्धित व्यक्ति, उद्योगी, इन्जिनियरसँग छलफल गरेको हो।


ADVERTISEMENT

# # #


लगानी बोर्डको कार्यालयद्वारा आयोजित कार्यक्रममा अरुण तेश्रोलाई सबल र बलियो बनाउनका लागि निर्माण सामाग्री प्रयोग तथा उपलब्धताका विषयमा कार्यक्रम केन्द्रित रहेको थियो।

आयोजनाका लागी २०७१ साल मंसिरमा नेपाल सरकार र परियोजना विकासकर्ता एस.जे.भी.एन अरुण तेश्रो पावर डेभलोप्मेन्ट कम्पनीबीच सम्झैता भएको थियो ।

पाँच वर्ष भित्र निमार्ण सम्पन्न गरिने सो आयोजनाको निर्माण लागत १ सय ४ अर्ब रुपैयाँ रहेको छ । यस आयोजनाको विद्युत उत्पादन क्षमता ९ सय मेगावाट रहेको बताइएको छ ।