गजल


ADVERTISEMENT


मुल बाटोमा राख्छु नजर आमा भन्नुहुन्छ
छोरा कैले फर्किन्छस घर आमा भन्नुहुन्छ


ADVERTISEMENT

# # #


कति बेच्छस रगत त्यो पसिना अझै पनि
भुलि दे त्यो पापी शहर आमा भन्नू हुन्छ

वल्लाघरे पल्लाघरे दिए आफ्नो ठान्छन्
छैन मलाई कसैको भर आमा भन्नू हुन्छ

यसपालि नि कर्णाली बौलाएर आयो
खेतवारी सब भयो बगर आमा भन्नू हुन्छ

एक्लो हुँदा सबलेै बोक्सी मात्र भन्छन्
हिर्काउछन मलाई पत्थर आमा भन्नू हुन्छ

-काइलो नारायण