काठमाडौं । वमन्त्री तथा संसद हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहले मंसिर २८ गते राजधानीमा बृहत् राजनीतिक बैठक गर्ने भएको छ ।


ADVERTISEMENT


समसामयिक राजनीतिक परिस्थितिको मूल्यांकन र भावी कार्यदिशा तय गर्न बैठक आह्वान गरिएको समूहका नेता पुर्व मन्त्री र्इश्वरदयाल मिश्रले बताए ।


ADVERTISEMENT

# # #


बैठकमा मधेस केन्द्रित विभिन्न दलका असन्तुष्ट नेताहरू सहभागी हुनेछन् ।

मधेस केन्द्रित छ राजनीतिक दल एकीकृत भएर राजपा नेपाल गठन भएपछि त्रिपाठी नेतृत्वको यो समूह अस्तित्वमा आएको थियो ।

समूहले तत्कालीन अवस्थामा एमालेको चुनाव चिह्न सूर्यबाट छजना नेतालाई गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनाएको थियो ।

जसमध्ये त्रिपाठी (नवलपरासी) र वृजेश गुप्ता (कपिलवस्तु) प्रतिनिधिसभामा निर्वाचित भएका थिए भने नवलपरासीबाट अजय शाही र कपिलवस्तुबाट धर्मबहादुर लाल श्रीवास्तव ५ नम्बर प्रदेशसभामा विजयी भएका थिए ।

समूहका तर्फबाट प्रतिनिधिसभाका दुई उम्मेदवार ईश्वरदयाल मिश्र (कपिलवस्तु) र पशुपति दयाल मिश्र (बाँके)बाट पराजित भएका थिए ।

‘बैठकमा समूहको विस्तारबारे समेत छलफल हुनेछ,’ नेता ईश्वरदयालले भने, ‘बैठकमा ५० जनाभन्दा बढी नेता सहभागी हुनेछन् ।’

उनका अनुसार अहिले पश्चिम क्षेत्रका नेताहरूको सहभागिता रहेको समूहको आगामी बैठकमा देशभरिकै नेता सहभागी हुनेछन् । ‘तीमध्ये बढी पूर्वतिरका नेता हुन्छन्,’ उनले थपे ।

नेता ईश्वरदयालले बैठकमा मधेसी दलका असन्तुष्ट नेताहरू पनि सहभागी हुने बताए ।

उनले भने, ‘महन्थ ठाकुरदेखि उपेन्द्र यादवनिकटका नेताहरू बैठकमा आउनुहुनेछ ।’

राजपा नेपालले प्रदेश ५ मा स्थानीय तह निर्वाचन बहिष्कार गरी प्रदेश २ मा भने सबै निर्वाचनमा सहभागी भएपछि असन्तुष्ट त्रिपाठी लगायत तत्कालीन तमलोपाका केही नेताले स्वतन्त्र समूह गठन गरेका थिए ।

समूह तत्कालीन एमालेसँग केही बुँदे सम्झौता गरी सूर्य चिह्न लिएर चुनावमा होमिएको थियो ।

समूहका नेता त्रिपाठीले संसदमा मधेसका सन्दर्भमा सरकार समेतको आलोचना गर्दै आएका छन् ।