काठमाडौं । शुक्रबार र शनिबार राजधानीमा हुने पिस फेडेरसनको एसिया प्यासिफिक सम्मेलनलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले गृहमन्त्रालयको निर्देशनमा बिहीबारदेखि सवारी साधन सञ्चालनमा जोरबिजोर नियम लागू गर्दै छ।


ADVERTISEMENT


बिहीबार र शनिबार बिजोर तथा शुक्रबार र आइतबार जोर नम्बरका सवारी साधन सञ्चालन हुनेछन्। सम्मेलनमा भाग लिन आउने भीआइपी र भिभीआइपीहरुको सवारी आवागमनलाई सहज बनाउन जोर बिजोर नियम लागू गर्नुपरेको महाशाखाले जनाएको छ।


ADVERTISEMENT

# # #


‘यो नियम लागू नगर्दा पनि हामीले सवारी आवागमन त सहज गर्नैपर्छ। तर, जाम हुने हुँदा सर्वसाधारणलाई कष्ट नहोस् र बेलैमा उपाय खोजून् भनेर हामीले यो नियम लागू गर्न लागेका हौँ,’ ट्राफिक महाशाखाका एक अधिकारीले भने। सम्मेलनमा विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसहित सभामुख, गृहमन्त्री, पुर्व प्रधानमन्त्री, पूर्व राष्ट्रपतिहरु आउने कार्यक्रम छ।

सम्मेलन हायात होटलमा हुने भएपनि भिआइपी र भिभीआइपीहरु राजधानीका विभिन्न होटलमा बस्नेछन्। महाशाखाका ती अधिकारी राजधानीको सहज ट्राफिक ब्यवस्थापन पाहुनालाई देखाउन पनि जोर बिजोर नियम लागू गर्नुपरेको बताउँछन्।

यद्यपि कार्यक्रम नहुने क्षेत्र तथा भिआइपी तथा भिभिआइपीको आवागमन नहुने क्षेत्रमा जोरबिजोर लागू गर्नु पर्नाको कारण ट्राफिक अधिकारीहरुले बताउन सकेनन्। चार-चार दिनसम्म कार्यालय तथा महत्वपूर्ण काममा जानुपर्ने सर्वसाधारणहरु यो प्रणालीको प्रत्यक्ष सास्तीमा पर्नेछन्।