काठमाडौँ– विश्व हिन्दु महासंघले शुक्रबारदेखि चारदिनसम्म काठमाडौँमा हुने ‘एसिया प्यासेफिक समिट–२०१८’ लाई विफल बनाउन अपिल गरेको छ ।


ADVERTISEMENT


राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले क्रिश्चियन धर्मको प्रचार गर्ने उद्देश्यले उक्त समिटको आयोजना गर्न लागिएको भन्दै आपत्ति जनाएको हो ।


ADVERTISEMENT

# # #


महासंघले सरकारले देशमा धर्मान्तरका लागि सहयोग गरेको आरोप लगाउँदै अन्तिम समयमा समिटको सहआयोजबाट हटेको भनेर जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप लगाएको छ । महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकार सहआयोजक हटेको भनेतापनि प्रधानमन्त्री लगायतका विभिन्न मन्त्रीहरूको संलग्नता र पूर्व निर्धारित कार्यक्रमहरू यथावत रहकाले सहआयोजकको भूमिकामा रहेले जनताको आँखामा छारो हाल्ने काम मात्रै भएको छ’

क्रिश्चियन धर्म प्रचार गर्ने संस्थाको गतिविधिले देशभित्रको वातावरण अशान्त बनाएको महासंघको दाबी छ । महासंघका कार्यवाहक अध्यक्ष प्रमोद चौरसियाले धर्ममान्तरमा कुख्याति कमाएका संस्थालाई सरकार प्रश्रय दिएर ‘जो रक्षक उही भक्षक’ भन्ने चरित्र देखाएको बताए । क्रिश्चियनहरुको पैसा खाएर नेताहरु सनातन हिन्दू धर्म सिध्याउन लागि परेको उनको आरोप छ ।

यस्तै महासंघकी सचिव अस्मिता भण्डारीले उक्त कार्यक्रमलाई सरकारले सहयोग गर्नु राष्ट्रघात भएको बताइन् । सरकारले क्रिश्चियन धर्मलाई बढावा दिन बिहीबारदेखि काठमाडौंमा यातायातका लागि जोर विजोर प्रणाली लागू गरेकोप्रति महासंघले आपत्ति जनाएको छ ।

सम्मेलनमा ४५ देशका १५ सय पाहुनाको सहभागिता रहने आयोजक युपीएफले जनाएको छ । युपीएफका अनुसार सम्मेलनको उदघाटन सत्रमा विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखबाट सम्बोधन हुनेछ भने दोस्रो सत्रमा शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, तेस्रो सत्रमा अन्तर धार्मिक संगठन र नागरिक समाजको भूमिा, चौथो सत्रमा जलवायु परिवर्तन र पाँचौ सत्रमा सञ्चार माध्यमको भूमिका विषयमा छलफल हुनेछ ।