दैलेख– दैलेखको ठाटिकाँध गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ४७ वर्षीय राजेन्द्रबहादुर शाही र ३० वर्षीय निर्मल बमको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।


ADVERTISEMENT


सुर्खेतबाट ठाटिकाँध गाउँपालिका ३ बहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप बुधबार बिहान धामीगाउँ नजिक दुर्घटना भएको थियो । दुर्घटनामा ६ जना घाइते भएका थिए । घाइते भएका मध्ये ३० वर्षीय चालक रमेश शाही, ४६ वर्षीय रत्ना शाही र अन्य एक जनाको उपचारको लागि सुर्खेत लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले बताए ।


ADVERTISEMENT

# # #


दुर्घटनामा घाइते भएका अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेकोले उपचारको लागि सुर्खेत लैजादै गरेको प्रहरीले जनाएको छ ।

ठाटीकाँध गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार साँगुरो सडकमा जीप मोड्ने क्रममा जीपको ब्रेक फेल भएर दुर्घटना भएको हो ।

ठाटिकाँध गाउँपालिका दैलेख सदरमुकामबाट करिव २० कोष टाढा पर्दछ ।