काठमाडौं– पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) मा यसअघि राखिएका विभिन्न ७ सुत्रीय माग पुरा गराउन भन्दै सोमबार पर्यटन क्षेत्रका तीन मजदुर संगठनले तालाबन्दी गरेका छन् ।

उनीहरुले साउन २५ गते टानसमक्ष राखेको सात सुत्रीय मागको टानले बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् । टानमा मजदुरले तालाबन्दी गरेपछि अहिले ट्रेकिङ क्षेत्रका मजदुर र व्यवसायीहरु एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएका छन् ।


ADVERTISEMENT

# # #


मजदुरहरुले टान अध्यक्ष नवराज दाहालले मजदुर नाम गरेका व्यवसायीले टानमा तालाबन्दी गरेको भनेर सार्वजनिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । यसमा अध्यक्ष दाहालले व्यक्तिगत
स्वार्थका लागि मजदुरलाई गम्भिर आरोप लगाएको बताएका छन् । तालाबन्दीको नेतृत्व गरेको मजदुर संगठन यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले टान अध्यक्षको उक्त अभिव्यक्तिप्रति असहमति जनाउँदै यो स्वयं अध्यक्षको स्वर्थबमोजिम आएको र यसले टान स्वयंले नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

आरोपको खण्डन गर्दै अध्यक्ष पराजुलीले यूनिट्राभ ब्यवसायीको संगठन नभइ मजदुरको हकहितको निम्ती लडेको संस्था भएको र टानले व्यवसायी र मजदुर छुट्याउन नसक्नु उसको कमजोरी रहेको बताए । उसले उक्त आरोप प्रमाणित गर्न नसके चरणवद्ध रुपमा आन्दोलनलार्इ अगाडि बढाउने चेतावनी दिएको छ ।

मजदुर संगठन यूनिट्राभले २०६६ सालदेखि २०७२ सालसम्मको मजदुरको नाममा रहेको टिम्सबापतको करिब ७ करोड रुपैंया कहाँ छ भनि टानसमक्ष उक्त हिसाबकिताब देखाउन चुनौती पनि दिएको छ ।

प्रतिकृया

प्रतिकृया