काठमाडौं । रुसले आक्रमण गरेर युक्रेनका तीनवटा नौसैनिक जहाज कब्जामा लिएको छ । यस घटनाबाट रुस र युक्रेनबीच थप तनाव बढेको छ ।


ADVERTISEMENT


रुसले क्रिमिया प्रायद्वीप नजिक युक्रेनी नौसैनिक जहाजहरुमाथि आक्रमण गरेको थियो । रुसले युक्रेनी जहाज गैरकानुनी रुपमा आजोव सागरस्थित आफ्नो सीमामा घुसेकाले आक्रमण गरेको दाबी गरेको छ ।


ADVERTISEMENT

# # #


आजोव सागर रुस र युक्रेनमा पर्दछ । जमिनले घेरिएको यो सागरमा र ब्ल्याक सी (कालो सागर)को साँघुरो तट हुँदै प्रवेश गर्न सकिन्छ ।

‘रुसको सन्की कदम’

रुसले आक्रमण गरेपछि युक्रेन रुष्ट भएको छ । युक्रेनका राष्ट्रपति पेट्रो पारोशेन्कोले रुसको ‘सन्की कदम’ भनेर आलोचना गरेका छन् । त्यसबारे छलफल गर्न उनले राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक पनि आह्वान गरेका छन् ।

साथै ‘वार क्याबिनेट’को आकस्मिक बैठक पनि बोलाइएको युक्रेनी राष्ट्रपतिका प्रवक्ताले जानकारी दिएको बीबीसीले जनाएको छ ।

यस घटनाबाट युक्रेनमा मार्शल ल (सैन्य कानुन) लागु गर्ने तयारी भइरहेको छ । युक्रेनको संसदमा यसमा आज भोटिङ हुनसक्ने बीबीसीको समाचारमा उल्लेख छ ।

युक्रेनद्वारा जारी विज्ञप्तिमा लेखिएअनुसार रुसका विशेष सुरक्षा बलले बन्दुक राखिएका युक्रेनका दुई डुंगा र डुंगालाई तान्ने एक जहाजलाई लखेट्दै आक्रमण गरेर कब्जामा लिएका छन् । यस घटनामा जहाजका ६ जना सदस्य घाइते पनि भएका छन् ।

युक्रेनको यो भनाइमा रुसको अझैसम्म कुनै प्रतिक्रिया आएको छैन । त्यसअघि रुसले युक्रेनका जहाज गैरकानुनी रुपमा आफ्नो सिमानामा छिरेकाले कब्जामा लिएको आरोप लगाएको थियो ।

युक्रेनले भने रुसले निकोपाल र बर्डियान्सक नामका ‘गन बोट’मा आक्रमण गरेर कब्जामा लिएको बताएको छ ।

यसअघि रुसले युक्रेनका पानी जहाजमा निगरानी गर्न दुई लडाकु विमान र दुई हेलिकोप्टर तैनाथ गरेको थियो ।