काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् ।


ADVERTISEMENT


ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा लिगको चौथो राउण्डको पहिलो खेलमा नेपाल आर्मी क्लबले संकटा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल विहान ११ बजेदेखि सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


लिगको दोस्रो स्थानमा रहेको संकटाले आफूभन्दा दुई स्थान तल चौथो स्थानमा रहेको आर्मीसँग प्रतिस्पस्पर्धा गर्न लागेको हो । दुवै टिम जितको खोजीमा हुनेछन् ।

त्यस्तै, एन्फा कम्प्लेक्सको खेल मैदानमा नै आज दिउँसो २ बजेर ३० मिनेटमा थ्रीस्टारले न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्दैछ ।

तुलनात्मक रुपमा एनआरटीभन्दा थ्रीस्टार क्लब बलियो मानिएको छ । थ्रीस्टारले दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दा एनआरटीले दुई खेलमा पराजित र एक खेलमा बराबरी खेलेको छ । यता, थ्रीस्टार एनआरटीलाई पराजित गर्दै स्पष्ट तीन अंक बटुल्ने लक्ष्यमा रहेको छ भने एनआरटी थ्रीस्टारलाई रोक्ने दाउँमा छ ।

त्यस्तै, आजै हलचोकस्थित एपीएफको खेलमैदानमा दिउँसो २ बजेर ३० मिनेटमा नै विभागीय टिम नेपाल पुलिस क्लबले च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टिमले तेस्रो राउण्डसम्मको समाप्तिमा समान १ खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार ब्यहोरेका छन् । तर च्यासल लिगको छैटौं स्थानमा रहेको छ भने पुलिस सातौं स्थानमा छ ।