जापानका सामुराई योद्धाहरूका लागि बनाइने तलबार धारिला र मजबुत हुन्छन्। यस्ता तलबार काठका ठूला मुढा मात्र होइन, धातुका पाइप काट्न पनि प्रयोग हुन्छन्।


ADVERTISEMENT



जापानी तलबार
जापानका तीन इन्जिनियरहरू एक प्रख्यात तलबार निर्मातासँग मिलेर एक मेसिन बनाउन लागिपरेका छन्, जसले अन्तरिक्षबाट उल्कापिण्डहरूको चट्टान काटेर ल्याउनेछ। जापानको अन्तरिक्ष मिसन ‘हायाबुसा’मार्फत् अन्तरिक यानहरू ‘रियुगु’ नामक उल्कापिण्डको सतहमा पठाइँदै आएको छ।


ADVERTISEMENT

# # #


उक्त मिसनमा उल्कापिण्डको चक्कर लगाउने यानदेखि तिनमा कदम राख्‍ने रोभरसम्म सामेल थिए। तर, कुनै मिसनले उल्कापिण्डबाट चट्टानको नमूना ल्याउन सकेनन्। कानागावा इन्स्टिच्युट अफ टेक्नोलोजीका ताकियो वातानाबे तथा जेनरोकुरो मात्सुनागाले उक्त मिसनका बारेमा विस्तृत शोध गरेका छन्।

सामुराई तलबार बनाउन उस्ताद मानिन्छन्, मात्सुनागा। उनले नयाँ प्रविधिको सहायताबाट यस्तो कटाइ मेसिन बनाएका छन्, जसमा परम्परागत फलाम, माटो र चारकोल मिश्रित ‘तामाहागाने’को प्रयोग गरिएको छ। वातानाबे र मात्सुनागाको भनाइमा जापानी तलबारको मजबुतीको फाइदा उठाउनकै लागि नयाँ मेसिनमा ‘तामाहागाने’को प्रयोग गरिएको हो।

मात्सुनागाले जापानी समुद्री तटमा पाइने फलामका कणहरू संकलन गरे। तिनलाई पगालेर फेरि चिसो बनाइयो। तामाहागाने त्यसरी नै तयार पारिने हो, जुन जुनसुकै कठोर बस्तु पनि काट्न सक्ने बलियो हुन्छ।

त्यही फलामबाट गोलाकार यन्त्र तयार भयो, जसको धार ब्लेडजस्तो बनेको छ। अब जापानी अन्तरिक्ष वैज्ञानिकहरू त्यस मेसिनलाई रियुगु उल्कापिण्डसम्म पठाउन चाहन्छन्। आइसक्रिम निकाल्न प्रयोग हुने ‘स्कुप’ले जस्तै गरी उक्त मेसिनले उल्कापिण्डको चट्टान निकाल्नेछ। र, त्यसरी निकालिएको चट्टान पृथ्वीमा लिएर आउनेछ।


जापानी अन्तरिक्ष यान
अहिलेसम्म पठाइएका मिसनहरूले अन्तरिक्षबाट धुलोका कण मात्र ल्याउन सकेका थिए। स-साना नमूनाबाट गहिरो अनुसन्धान सम्भव छैन। सोही मिसन सफल बनाउन वैज्ञानिकहरूले जापानी सामुराई तलबार छनोट गरेका हुन्।

उल्कापिण्डका सतहले लाखौं वर्षदेखि ब्रम्हान्डको किरण झेलेका हुन्छन्। रेडियोएक्टिभ किरणहरूदेखि सूर्यको एक्सरेसम्मको कहर खेपेका हुन्छन्। हार्वर्ड-स्मिथसोनियन सेन्टर फर आस्ट्रोफिजिक्सका मार्टिन एल्भिस भन्छन्, “उल्कापिण्डको नमूनाबाट सौर्यमण्डलको इतिहासको बारेमा अधिकतम जानकारी हासिल गर्न सकिने अपेक्षा छ। र, त्यसका लागि तामाहागाने स्टिल सहयोगी हुन सक्छ।”

भौतिकशास्त्री मिका म्याक्किनोनको भनाइमा उल्कापिण्डको चट्टानमा बरफ पनि भेटिन सक्छ। या, चट्टान काट्दै गर्दा आगो पनि लाग्‍न सक्छ। त्यस्ता चट्टानभित्र खतरनाक ग्यास पनि हुन सक्छ। नयाँ मिसनको सफलतामा म्याक्किनोन भने त्यति उत्साहित देखिँदैनन्।