काठमाडौं । सुगम संगीतका चर्चित गायक नरेन्द्र प्यासीले यो पटकको नेपाल बसाइमा गाएको नयाँ आधुनिक गीत सार्वजनिक भएको छ ।

प्रगतिशील लेखन क्षेत्रमा कलम चलाइरहेका लेखक एबम् गीतकार मणिरत्न अर्यालको शब्द रहेको ‘मेरो सुन्दर संसार लिला गर्यौ तिमीले’ बोलको गीतमा प्यासीले स्वर दिएका हुन् ।


ADVERTISEMENT

# # #


बिन्दवासिनी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको गीतमा प्रभात सुवेदीको संगीत र राकेश वलीले एरेन्ज रहेको छ ।

आफूले माया गरेको मान्छेले नै धोका दिएर आफूलाई बदनाम गरेको सन्देश गीतमा समेटिएको छ । गीत सुन्दा प्रेममा धोका पाएको प्रेमीको वेदना जस्तो सुनिए पनि आफ्नो गाँउघर समाज र देशै छोडी बिदेशिने र उतैको प्रभावमा परी आफ्नो देशलाई गाली गर्ने नेपालीहरुलाई सम्झिएर गीत लेखेको रचनाकार मणिरत्नले बताए ।

प्रतिकृया

प्रतिकृया