काठमाडौं । लगानी बोर्डले लगानी सम्मेलनको लागि व्यवस्थापन समिति गठन गरेको छ । आइतवार अपरान्ह बसेको लगानी बोर्डको बैठकले अर्थमन्त्री डाक्टर युवराज खतिवडाको संयोजकत्वमा लगानी सम्मेलन ब्यबस्थापन समिति गठन गरेको हो । सरकारले आगामी चैतको मध्यमा (मार्च महिनाको अन्तिम हप्ता) लगानी सम्मेलन गर्ने गरि तयारी थालेको हो ।


ADVERTISEMENT


त्यसैगरी बैठकले लगानी बोर्डलाई परामर्श दिने गरि ११ सदस्यीय परामर्श समिति बनाउने पनि निर्णय गरेको छ । यो समितिमा विभिन्न क्षेत्रमा विज्ञता हाशिल गरेका निजि तथा स्वतन्त्र व्यक्ति रहने बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले जानकारी दिए । यस्तै आजको बैठकले डोल्मा फन्ड म्यानेजमेन्टले बनाउन लागेको सोलार परियोजनालाई सर्वे गर्न अनुमति दिने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


नेपालमा सौर्यऊर्जा उत्पादन तथा व्यवस्थापनका लागि डोल्मा फण्ड म्यानेजमेन्टले ल्याउन लागेको २० अर्ब यो परियोजना सौर्यऊर्जा उत्पादनको क्षेत्रमा आउन लागेको यो सबैभन्दा ठुलो वैदेशिक लगानी हो । डोल्मा फण्ड म्यानेजमेन्टले मुस्तांगको लोमान्थाङ्गमा १ सय पचास मेगावाट र रसुवाको चिलिमेमा १ सय २५ मेगावाटको सौर्यऊर्जा उत्पादन गर्ने अनुमति पाएको छ ।

यस्तै बैठकले हुवासिन सिमेन्ट र होन्सि शिवम् सिमेन्ट सँग गरेको परियोजना लगानी सम्झौता मा संसोधन गर्दै श्रमिक तथा कर्मचारीको अध्यावधिक विवरण राख्ने निर्णय गरेको छ ।