काठमाडौं। शनिबार काठमाडौंमा पाँचौ राष्ट्रिय र्इक्युस्ट्रियन(घोडाचडी) च्याम्पियनसीप हुने भएको छ। नेपाल र्इक्युस्ट्रिययन संघको आयोजनामा टुँडिखेलमा हर्ष राइडिङ प्रतियोगिता हुने भएको छ।


ADVERTISEMENT


आइतबार पत्रकार सम्मेलनमा संघका अध्यक्ष रवि राजकर्णिकार प्रतियोगितामा पाँच वटा विधा हुने जानकारी दिए। प्रतियोगितामा राज ब्रुअरीको वार्सटाइनर प्रिमियम जर्मन वियर मूख्य प्रायोजक छ।


ADVERTISEMENT

# # #


आयोजकका अनुसार पाँच वटा विधामध्ये हर्स टेन्ट पेगिङ,हर्स शो जम्प, ६ क्रश बार जम्प वुमेन र हर्स शो जम्प वुमेन प्रतियोगिता हुनेछ। प्रतियोगितामा प्रधानसेनापति पूर्णचन्द्र थापा प्रमुख अतिथि रहने आयोजकले जनाएका छन्।