काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ने क पाका सांसदहरुले नै अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ने क पाकी सांसद रेखा शर्माले अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउनु भएको हो ।


ADVERTISEMENT

# # #


आइतबार प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले कर्मचारी समायोजना ऐन संशोधन गर्नुको औचित्य पुष्टि गरेर देखाउन पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई चुनौती दिए ।

सांसद शर्माले लोक सेवा आयोगको सुझावको आधारमा कर्मचारी समायोजनाको कामलाई छिटो टुंगोमा पु¥याउन पनि सरकारसँग माग गरे । बैठकमा नेपाल नागरिकता ऐन संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद नवराज सिलवालले मुलुकको राष्ट्रिय हितलाई ध्यानमा राखेर नागरिकता ऐन संशोधन गर्न सरकारलाई सचेत गराए। उनले नागरिकसम्बन्धी सो विधेयकलाई टुंगोमा पु¥याउन विज्ञहरुसँग आवश्यक परामर्श लिनुपर्ने धारणा पनि राखे।

समितिको सोमबारको बैठकमा नेपाल नागरिक ऐन संशोधन विधयेकमाथि छलफल हुनेछ । समितिकी सभापति शशी श्रेष्ठले सोमबारको बैठकमा संशोधनकर्ता सांसदहरुले सो विधेयकका सम्बन्धमा आ–आफ्नो सुझाव राख्नु हुने जानुकारी दिए।