काठमाडौँ– अनिल कुम्बलेले भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।


ADVERTISEMENT


कप्तान विराट कोहलीसँगको विवादका कारण उनले राजीनामा दिएका हुन् । कुम्बलेको कोचिङ स्टाइलप्रति कोहलीको असहमति थियो ।


ADVERTISEMENT

# # #


उनको एक वर्षको कार्यकाल समाप्त भइसकेको थियो । र, मे महिनामा भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि आवेदनसमेत आह्वान गरिएको थियो । तर, कुम्बलेको कार्यक्रम एक वर्ष थप्ने प्रस्ताव आएको खबर पनि आयो ।

भारतीय क्रिकेट टिम मंगलबार नै लण्डनबाट वेष्ट इण्डिजतर्फ लागेको छ । अन्तिम समयमा कुम्बले भारतीय टिमसँग रहेनन् ।