काठमाडौँ– आइफोन एक्सएस , एक्सएस म्याक्स, एक्सएसआर अब नेपालमा उपलब्ध हुने भएका छन् ।


ADVERTISEMENT


एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नोवेम्बेर २३ तारिख अर्थात मंसिर ७ गते देखि नेपालमा सार्वजनिक गर्ने भएको हो ।


ADVERTISEMENT

# # #


सार्वजनिक हुने आइफोन एक्सआर नेपाली बजारमा ६४ जीबी १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने ब्ल्याक , रेड, एल्लो , कोरल , ब्लु, व्हाइट कलर अप्सनमा आउने छ ।

यस्तै आइफोन एक्सएस नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने स्पेस ग्रे , सिल्वर , गोल्ड कलर अप्सनमा आउने छ कम्पनीले जनाएको छ ।

आइफोन एक्सएस म्याक्स पनि नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ र स्पेस ग्रे , सिल्वर, गोल्ड कलर अप्सनमा आउने छ ।