काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच भएको दोस्रो खेलमा त्रिभुवन आर्मी १–० ले विजयी भएको छ।


ADVERTISEMENT


हलचोक मैदानमा सुरू भएको खेलमा त्रिभुवन आर्मीले खेलको २८ ‍औं मिनेटमा गोल गर्न सफल भएको हो। त्रिभुवनका २९ नम्बरका खेलाडीले हेडिङमार्फत् गोल गर्न सफल भएका हुन्। आर्मीका सन्तोष तामाङले प्रहार गरेको कर्नरमा विकास खवासले हेड गोल गर्दै आर्मीलार्इ सुरुवाती अग्रता दिलाएका थिए। अन्त्यमा, त्यो नै निर्णायक गोल बन्न पुग्यो।


ADVERTISEMENT

# # #


यसअघि मनाङ मर्स्याङ्दी र न्यूरोड टिमबीच भएको खेलमा मनाङले २० ले जित हासिल गरेको थियो।

गत असोज १३ गते सुरू भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दसैँ, तिहार तथा छठ पर्वका कारण स्थगित गरिएको थियो। लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन्।