काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोर र डाँका अभियोगमा पक्राउ अभियुक्तले भरिएको छ ।


ADVERTISEMENT


चाडपर्वमा हुने चोरी डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका सबै पटके चोर पक्राउ गरेपछि परिसरका हिरासत कक्ष भरिन पुगेका हुन् ।


ADVERTISEMENT

# # #


चाडपर्वमा हुने अधिकांश चोरी पटके चोरबाट नै हुने गरेको विगतका उदाहरण विश्लेषणपछि सबैलाई नियन्त्रणमा लिएको परिसरको दाबी छ ।

नियन्त्रणपछि यो वर्षको दशैँमा छिटपुटबाहेक चोरी डकैतीका घटना नभएको परिसरका एसपी अशोक सिंहले बताए । उनले भने, ‘विगतका पर्वमा चोरीका घटना धेरै हुन्थे। यो पटक त्यति भएनन् ।’ – आजको नयाँ पत्रिकाबाट