एजेन्सी– इटाली तथा युभेन्टसका पूर्व खेलाडी भिसेन्जो इयाक्विन्टालाई हतियारसम्बन्धी मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको छ ।


ADVERTISEMENT


सन् २००६ को इटालीको विश्वविजेता टोलीको सदस्य रहेका ३८ वर्षीय खेलाडीमाथि इटालियन माफिया नेटवर्क ‘न्ड्रान्घेटा’ सँग सम्बन्ध रहेको आरोप लगाइएको थियो ।


ADVERTISEMENT

# # #


उनीसँगै १४८ जनामाथि सामूहिक मुद्दा चलाइएको थियो ।

अदालतले इयाक्विन्टाको माफियासँग प्रत्यक्ष सम्बन्ध नरहेको बताएको पनि उनका पितालाई दोषी करार गर्दै १९ वर्ष जेल सजाय सुनाएको छ । उक्त मुद्दामा १२० जनालाई दोषी करार गरिएको थियो ।

यता, अदालतले इयाक्विन्टामाथि अदालतले प्रतिबन्ध लगाएको बेला आफ्नो पितालाई हतियार प्रदान गरेको आरोप लगाउँदै सजाय सुनायो ।

इटालीको कानुन अनुसार प्रतिवादीले जेल सजाय भोग्नु अघि दुई पटक पुनरावेदन गर्न पाउँछन् । दक्षिण इटालीमा सक्रिय ‘न्ड्रान्घेटा’ माफियाको सञ्जालमा ६ हजारबढी सदस्य रहेको बताइन्छ ।

माफियाले युरोपको ८० प्रतिशत कोकेनको बजारलाई नियन्त्रण गर्ने विश्वास गरिएको छ ।