काठमाडौँ– डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले सरकार पतनको बाटोमा उद्धत रहेको दाबी गरेको छ


ADVERTISEMENT


बुधबारदेखि राजधानीमा सुरु भएको संघीय वैठकमा संयोजक भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा एकल प्रधानमन्त्री केपी शर्मा ओलीलाई फुर्के, गफाडी र दम्भी भन्दै आलोचना गर्दै जनताको अपेक्षा अनुसार काम नगरेको भन्दै सरकारको अधोगती शुरु भएको दाबी गरेको हो ।


ADVERTISEMENT

# # #


बहुमत प्राप्त सरकारप्रति जनताले केही आश गरेको भए पनि आफूहरुलाई यो भित्रभित्रै कुहिएको फर्सी, बाहिरबाट सग्लो देखिएका मात्र हुन् भन्ने त्यसबेला नै थाहा रहेको नयाँ शक्तिको भनाइछ ।

“नेकपा सरकार जनअपेक्षा अनुरुप कार्य गर्न असफल भएको मात्र हैन, उल्टो आफै अकर्मण्यता, भ्रष्टता र यथास्थितिवादको दलदलमा फस्दै गएको छ । दुईतिहाईको दंभमा भएका अबान्छित प्रयत्नहरु बारम्बार असफल भएपछि सरकार आफ्नै नेता–कार्यकर्ताबाट आलोचित हुन थालेको छ । नेकपाभित्रको गुटबन्दी र स्वार्थसमूहहरुको टक्कर झनझन नाङ्गो हुँदैछ । उनीहरु सत्तास्वार्थका लागि जेपनि गर्न सक्ने राजनीतिक दलालको रुपमा प्रस्तुत हुन थालेका छन् । लोकतन्त्रका सामान्य मूल्यमान्यता र मर्यादालाई समेत ख्याल नगरीकन नेकपा सरकार पतनको बाटो उदत्त भएको छ,” प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा प्रधानमन्त्रीको स्वभाव नै फुर्के र गफाडी भएको उल्लेख छ ।

“प्रधानमन्त्रीको स्वभाव नै फुर्के, गफाडी, अनुत्तरदायी र दंभी देखिएको छ । अनेक बिङ्गा र उखानटुक्का भनेर जनतालाई भ्रमित गर्न सक्नु नै राजनीतिक कौशल हो भन्ने मनोबैज्ञानिक भ्रमबाट उनी ग्रसित देखिन्छन् । घरघरमा ग्याँस पाइप पुर्याउने योजना उनी दुईचार घरको गोबरग्याँस उद्घाटन गरेर तुष्टिकरण गर्दैछन् । केरुङ्ग–काठमाण्डौं–लुम्बिनी रेलवेको बचन उनी फेसबुकमा जयनगर–जनकपुर रेलवेको फोटो पोष्ट गरेर भुलाउन खोज्दैछन् । पुषदेखि हनुमाननगरबाट चल्ने पानीजहाजको टिकट सायद प्रधानमन्त्रीकै सपनामा बुकिङ्ग हुँदैछ । यी सबै घटनाक्रमले के पुष्टि गर्दछ भने नेकपा अधपतनको संघारमा अधमरो उभिएको छ । यो पार्टी र सरकारबाट नेपालको समृद्धीकरण र अग्रगामी रुपान्तरणको नेतृत्व हुने कुनै सम्भावना बाँकी छैन । भ्रष्ट र विकृत आसेपासे पुँजीवाद (क्रोनी क्यापिटालिज्म)को भित्री सारलाई ‘कम्युनिष्ट’ पार्टीको बाहिरी आवरणले छोपेर त्यो लामो समय टिक्ने कुरै हुँदैन,” प्रतिवेदनमा भनिएको छ । यसले नेकपा अर्धपतनको संघारमा उभिएको र यो पार्टी तथा सरकारबाट नेपालको अग्रगामी रुपान्तरण सम्भव नभएको नयाँ शक्तिको ठहर छ ।

‘नेकपा सरकार जनअपेक्षा अनुरुप कार्य गर्न असफल भएको मात्र होइन, उल्टो आफै अकर्मन्यता, भ्रष्टता र यथास्थितिवादको दलदलमा फस्दै गएको छ’ प्रतिवेदनमा भनिएको छ, ‘दुई तिहाईको दम्भमा भएको अवान्छित प्रयत्नहरु बारम्बार असफल भएपछि सरकार आफ्नै कार्यकर्ताबाट आलोचित हुन थालेको छ ।’

नेकपामा स्वार्थ समूहहरुको टक्कर नाङ्गो हुँदै गएको र सत्ता स्वार्थका लागि जे पनि गर्न सक्ने राजनीतिक दलालको रुपमा प्रस्तुत हुन थालेको नयाँशक्ति पार्टीको विश्लेषण छ । उसले भनेको छ, लोकतन्त्रको समान्य मूल्यमान्यता र मर्यादालाई समेत ख्याल नगरी नेकपा सरकार पतनको बाटो उद्धत भएको छ ।’

नयाँ शक्ति पार्टीले सरकार कूटनीतिक सन्तुलन कायम गर्न असफल भएको दाबी पनि गरेको छ । विमिस्टेकलाई सार्कको समानान्तर प्रतित हुने गरी प्रस्तुत गर्नु, विमिस्टेक सैन्य अभ्यास, थप हवाई रुट लगायतका कारण सरकार असफल भएको उसको दाबी छ । चीनसँग भएका सम्झौता कार्यान्वयनमा ल्याउन सक्ने गरी गृहकार्य पनि नभएको नयाँ शक्तिको ठहर छ ।

कांग्रेसले प्रमुख प्रतिपक्षको धर्म निर्वाह गर्न नसकेको नयाँ शक्ति पार्टीले ठहर गरेको छ ।