काठमाडौं– शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । ओली सोमबार विहान ४ ३० बजे अस्पताल भर्ना भएका थिए ।


ADVERTISEMENT


उनको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित पाइएको अस्पतालका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले बताएका छन् ।


ADVERTISEMENT

# # #


‘उहाँको पछिल्लो परीक्षणका रिपोर्टहरु सुधारोन्मुख रहेको र स्वास्थ्य स्थिति स्थीर रहेको जानकारी गराइन्छ’ प्रा.डा. श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रधानमन्त्री ओलीको उपचारका लागि अरुण सायमीको नेतृत्वमा डा. दिब्या सिंह शाह, डा. सन्तकुमार दासको टोली संलग्न छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री ओलीलाई भेटेर उनको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

यसैगरी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव विष्णु पौडेल पनि प्रधानमन्त्रीलाई आजै भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए