काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने औपचारिक भ्रमणका लागि कतारको प्रस्थान गरेकी छन् । कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार लागेकी हुन् ।


ADVERTISEMENT


त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरे भने नेपाली सेनाले सलामी दिएको छ । मंगलबार राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका सहसंस्थापक तथा अध्यक्ष शेख मोजा बिन नासेरले शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति भण्डारीले व्यापारिक समुदायसँग संयुक्त अन्तरक्रियात्मक बैठकमा ‘व्यापार तथा नेपालमा लगानीको अवसर’का विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यहाँस्थित नेपाली दूतावासमा पुगी नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । त्यस दिन नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।


ADVERTISEMENT

#
#


भ्रमणमा राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी छन् । उनी यही कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिकृया

प्रतिकृया