काठमाडौं– बाँझोपन र निःसन्तान समस्याका कारण कृत्रिम गर्भाधानतर्फ आकर्षण बढेको छ ।


ADVERTISEMENT


विभिन्न कारणले प्राकृतिक गर्भाधान हुन नसक्दा दम्पतीको स्वास्थ्य अनुसन्धान गरी उपचार गर्ने विधि कृत्रिम गर्भाधान (आइभीएफ) हो जसलाई कृत्रिम गर्भाधान गराउने वैज्ञानिक प्रविधि पनि भनिन्छ ।


ADVERTISEMENT

# # #


ढिलो विवाह, ढिलो गर्भकारण र बदलिँदो जीवनशैलीका कारण महिलामा बाँझोपन समस्या बढ्दो छ । बाँझोपन बढेसँगै निःसन्तान केन्द्रमा सेवाग्राहीको घुइँचो बढेको छ ।

बाँझोपन समस्या हटाउन कम गर्न प्रयोग हुने यो प्रविधिमा महिलाको डिम्ब र पुरुषको शुक्रकीट प्रयोगशालामा राखेर करिब ४८ घण्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापन गरिन्छ ।

सीमित ठाउँको सेवा खर्चिलो र लामो हुने हुँदा सेवाग्राही चिन्तामा हुन्छन् । निःसन्तानका धेरै कारण हुने भए पनि १० देखि १५ प्रतिशत कारण पत्ता नै नलाग्ने थापाथलीस्थित निःसन्तान केन्द्रकी प्रमुख डा. उषा श्रेष्ठ बताउँछिन् ।

थापाथलीस्थित प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतमका अनुसार सीमित जनशक्ति, न्यून उपकरण र साँघुरो ठाउँका कारण क्रृत्रिम गर्भाधान गराउन समस्या हुने गरेको छ । – आजको कान्तिपुरबाट