काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीलाई पूर्णता दिन र जिल्ला तहको विवाद मिलाउन नयाँ विधि र मापदण्ड बनाउने निर्णय गरेको छ । सचिवालयको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।


ADVERTISEMENT


नयाँ विधि र मापदण्डको मस्यौदा तयार पार्ने जिम्मा महासचिव पौडेल र रामबहादुर थापा बादललाई दिइएको छ ।


ADVERTISEMENT

# # #


यसअघि तल्लो तहमा एकता प्रक्रियामा देखिएको विवाद हल गर्न वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ विधि र मापदण्डको माग गरेका थिए । आजको बैठकमा सरकारको कामको समीक्षा गर्ने बताइएको भए पनि समीक्षा भने नभएको महासचिव पौडेलले जानकारी दिए ।