एजेन्सी– वेष्ट इन्डिजका अलराउन्डर डोयन ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। लगातार दुई वर्ष राष्ट्रिय टिममा नपरेका ब्राभोले तत्कालै लागू हुने गरी बिहीबार सन्यास घोषणा गरेका हुन्। उनले आइपिएललगायत अन्य टी(ट्वान्टी फर्म्याटका फ्रेन्चाइज भने खेल्नेछन्।


ADVERTISEMENT


सन् २००४ मा वेष्ट इन्डिजको राष्ट्रिय टिममा डेब्यु गरेका ब्राभोले सन् २०१६ मा पाकिस्तानविरूद्धको टि(ट्वान्टी खेलेका थिए। त्यसपछि उनलाई छनौट कर्ताले राष्ट्रिय टिममा पारेनन्।


ADVERTISEMENT

# # #


ुआज म सबै फर्म्याटका अन्तर्राष्ट्रिय क्रिकेटबाट आधिकारिक रूपमा सन्यास घोषणा गर्न चाहन्छु। वेष्ट इन्डिजबाट १४ वर्षअघि डेब्यू गर्दा जुलाई २००४ मा लर्डस क्रिकेट ग्राउन्डमा मारून क्याप पाएको क्षण अहिले पनि सम्झन्छु। त्यो उत्साह र लगाव मैले आफ्नो करियरभरि राखें,’ ब्राभोले भनेका छन्।

ब्राभोले वेस्ट इन्डिजका लागि ४० टेस्ट, १६४ एकदिवसीय र ६६ टि(ट्वान्टी म्याच खेलेका छन्।