काठमाडौं– घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले अहिले अख्तियारको हिरासत नै भरिएको छ ।


ADVERTISEMENT


पछिल्लो समय हरेका दिनजसो कर्मचारीहरु घुससहित पक्राउ परिरहेका छन् । कतिपय त दशैँको विदामा अदालत बन्द भइसकेपछि पनि पक्राउ परेका छन् ।


ADVERTISEMENT

# # #


आइतबार एक उपसचिव, एक इन्सपेक्टर र एक सिपाही पक्राउ परेका छन् । अदालत घटस्थापनादेखि नै बन्द हुने भएकाले अख्तियारको हिरासतको चाप बढेको छ।

हिरासत भरिएपछि पक्राउ परेकाहरुलाई अख्तियारले प्रहरी कार्यालयका हिरासतहरुमा समेत राख्ने गरेको छ। दसैं खर्चका नाममा घुस र असुल्नेहरुसमेत पक्राउ परेको अख्तियार प्रवत्ता रामेश्वर दंगाल बताउँछन् । – आजको नयाँ पत्रिका दैनिकबाट