काठमाडौं –मलेसियामा जारी आईसीसी ट्वान्टी-२० विश्वकप छनोटअन्तर्गत एसिया पूर्वी क्षेत्रको छनोटमा नेपालले सिंगापुरविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।


ADVERTISEMENT


मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा नेपालले फिल्डिङ रोजेपछि सिंगापुर पहिले ब्याटिङ गर्दैछ । तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता बन्ने लक्ष्यमा छ ।


ADVERTISEMENT

# # #


समान १० अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका नेपाल र सिंगापुरबीचको खेलबाट समूह विजेताको टुंगो लाग्नेछ । यसअघिका सबै खेलमा नेपालले जितका लागि संघर्ष गर्नुपरेको छैन । सात टोली सम्मिलित एसियाको पूर्वी क्षेत्रबाट नेपाल र सिंगापुरले अघिल्लो चरणमा स्थान बनाइसकेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले म्यानमार र मलेसियालाई समान ८ विकेटको नतिजामा पराजित गरेको थियो भने भने चीनलाई १० विकेटले हराएको थियो । थाइल्यान्डमाथि १ सय ७२ रनले विजय निकालेको नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको थियो ।