काठमाडौँ– नेपाल प्रहरीले ६३ औँ प्रहरी दिवस मनाएको छ । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।


ADVERTISEMENT


प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


प्रहरी दिवसका अवसरमा देशको शान्ति सुरक्षाका खातिर ज्यान गुमाएका अमर प्रहरीप्रति श्रद्धाञ्जली अपर्ण गरिएको छ । यस्तै उत्कृष्ट प्रहरीलाई सम्मान गरिएको छ ।

 

 

तस्बिरहरु : रासस